२० बर्षीय युवती मृत फेला

डडेल्धुरा, ११ साउन : डडेल्धुराकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको आलिताल गाँउपालिका–७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउँद बिहिवार बिहान मृत फेला परेकी हुन् ।
दुर्गा मावि आलितालमा कक्षा १२ मा अध्यनरत साउँद घर नजिकैको पहिरोमा झरेको अवस्थामा मृत फेला परेकी छन् । उनको शव घरदेखि पाँच सय मिटरको दुरीमा फेला परेको हो । उनी बुधबार रातिदेखि हराएकी थिइन । रातभरी खोज्दा बिहान मात्रै पहिरोमा खसेको अवस्थामा शव फेला परेको मृतकका बुवा दानबहादुर साउँदले बताए । घटना संकास्पद भएकाले सत्य तथ्य छानविन हुनुपर्ने मृतक उनको माग छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.