मेडिकल विश्वविद्यालयको स्वामित्व स्वामित्व प्रदेशलाई हुनुपर्छ : मुख्यमन्त्री शाह

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गेटा मेडिकल विश्वविद्यालयको स्वामित्व प्रदेश सरकारलाई पनि हुनुपर्ने बताएका छन् ।

बिहीबार निर्माणाधिन गेटा मेडिकल प्रतिष्ठानको अनुगमन गर्दै मुख्यमन्त्री शाहले गेटामा मेडिकल विश्वविद्यालय प्रदेश सरकारको गौरवको योजना भएका कारण सो योजनामा प्रदेश सरकार जोडिनु आवश्यक हुने बताए । ‘अहिले पनि प्राबिधिक तथा भौतिक संरचना निर्माण प्रक्रियामा हामी गेटालाई सहयोग गर्न चाही रहेका छौं,’ मुख्यमन्त्री शाहले भने, ‘तर सहयोग गर्ने कुनै आधारनै छैन, यदी गेटा मेडिकल विश्वविद्यालयका प्रदेश सरकारको पनि स्वामित्व हुनेहो भने, आगामी दिनमा धेरै कुरामा हामी सहयोग गर्न तयार छौं ।’

मुख्यमन्त्री शाहले गेटामा मेडिकलविश्व विद्यालय बनाउने प्रक्रिया सुरु भइसकेको बताए । पहिलो चरणमा एक सय शय्याको अस्पताल सञ्चालन गरिएपनि त्यसको गेटामा मेडिकल विश्वविद्यालय बनाउने सरकारको उद्देश्य प्रष्ट रहेको मुख्यमन्त्री शाहले बताए ।

अस्पतालमा भएको प्रगति अवलोकन गर्न तथा प्रदेश सरकारबाट कस्तो किसिमको सहयोग गर्न सकिन्छ भनेर मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्री नरेशकुमार शाही, सामाजिक विकास मन्त्री झपटबहादुर साउँद, उद्योग, पर्यटन वन था वातावरण राज्यमन्त्री गीतादेवी माल, प्रदेश सभा सदस्य, प्रकाशबहादुर बम, तुलसी देवकोटा र जानकी कुँवरको टोलीले गेटामा निर्माण भएका मेडिकल पूर्वाधारको अनुगमन गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.