बाजुरा घर भएका २६ बर्षीय आलोक धनगढीमा अस्थाए

अत्तरिया, १३ साउन : धनगढीका आलोक थापाको निधन भएको छ । उनी धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिए । बाजुरा बुढिगंगा नगरपालिका घर भएर धनगढी बस्दै आएका २६ वर्षीय आलोक थापाको मायामेट्रो अस्पतालमा शनिबार निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २६ वर्षीय थापा करिब ३ वर्षदेखि बैयाबेहडीस्थित आफ्नो ससुरालीमा बस्दै आएका थिए । शुक्रबार मात्र उनी आफ्नो भतिजाको घर जन्मदिन मनाउन भनेर गएका थिए ।

भतिजाको जन्मदिन मनाएर फर्किएपछि सुतेका थापा बिहान बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि उपचारका लागि अस्पताल लगिएकोमा उनलाई मायामेट्रो अस्पतालका चिकित्सकले मृत घोषणा गरेको थिए । उनको शव पोस्टमार्टमका लागि सेती अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.