बाढी-पहिरोको प्रभाव : गोदावरी गुरुकुलको पठनपाठन प्रभावित

अत्तरिया : कैलालीको गोदावरीमा नगरपालिका–४ गोदावरी धाममा रहेको गोदावरी गुरुकुल संस्कृत विद्यापीठको पठनपाठन प्रभावित भएको छ । साउन २२ गते राती गोदावरी नदीमा आएको बाढीले गुरुकुलका कक्षा कोठा र भण्डार गृहमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको हो ।
बाढीले गुरुकुलको पठनपाठन हुने २ वटा हलमा क्षति पुगेको छ । गोदावरी गुरुकुल संस्कृत विद्यापीठका प्रधानाध्यापक पदम राज उपाध्यायले गोदावरीमा आएको बाढीले गुरुकुलमा मानविय क्षती नभएपनि भौतिक रुपमा क्षति पुगेको बताए । उनले बाढीले गुरुकुलको भवन, भण्डार भवनमा क्षति पुगेको जानकारी दिए ।

‘भवनभित्र बाढी पसेकाले शैक्षिक सामाग्री, बोर्ड, पाठ्यपुस्तक, बस्ने चटाइ कुर्सी, टेबुल फाइल रजिष्टर बगाएको छ’ उनले भने ‘गुरुकुलको भण्डारमा पनि खाद्यान्न सामग्रीमा क्षति पुगेको छ ।’ उनले बाढीले गुरुकुलको प्रवेशद्धार र भवनमा जाने बाटोमा पनि क्षति पुगेको बताए । उनले भने ‘अहिले गुरुकुलका भवनमा जाने बाटो बिग्रिएर कक्षा कोठामा पनि बाढी संगै आएको माटो बालुवा भरिएकाले पठन पाठन गर्न सक्ने अवस्था छैन ।’

२०७४ सालमा स्थापना भएको गुरुकुलमा हाल ७ कक्षा सम्म अध्यापन हुँदै आएको छ । गुरुकुलमा हाल ५ जना शिक्षकले अध्यापन गराइरहेका छन । गुरुकुल संचालनका लागि महर्शी विधि फाउण्डेसनले सहयोग गर्दै आएको छ । यस फाउण्डेसनले नेपालका २५० गुरुकुलमा सहयोग गरेको छ ।

गुरुकुलमा हाल ३० जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक उपाध्यायले बताए । उनले हालसम्म गुरुकुलबाट ८० विद्यार्थी अध्यापन गरेर अन्य ठाउँमा पढ्न गएको बताए । गोदावरीमा हाल संस्कृत पठनपाठन हुने एक मात्रै विद्यालयका रुपमा रहेको गोदावरी गुरुकुल संस्कृत विद्यापीठको संरक्षणका लागि स्थानीय सरकारले भने ध्यान नदिएको गुनासो गरिदै आएको छ । पछिल्लो समय बाढीले क्षति पु¥याएर गुरुकुलमा नियमित अध्यापन नै रोकिदा पनि राज्यले ध्यान नदिएको उनीहरुको गुनासो छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.