कृष्णपुरमा रानाथारु भाषामा आधारित बालचित्र पुस्तक विमोचन

अत्तरिया, १८ भदौ : कञ्चनपुर कृष्णपुर नगरपालिकामा स्थानीय रानाथारु भाषामा आधारित बालचित्र पुस्तक विमोचन गरीएको छ । सोमबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा र कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले संयुत्त रुपमा पुस्तकको विमोचन गरेका हुन् । वल्ड भिजन र एनएनएस डब्लुए संगको समन्वय तथा सहयोगमा नगरपालिकाले उत्त किताब तयार पारेको हो ।
विमोचन कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले पछिल्लो समय रानाथारु समुदायको भाषा सँस्कृति हराँउदै गएको बताए । भाषा सँस्कृति हराँदै गएको समयमा रानाथारु भाषामा आधारित बालचित्र पुस्तकले भाषा जर्गेनाकोलागी ठुलो भुमीका निर्वाह गर्ने उनले बताए । ‘आधुनिकताका नाममा पछील्लो पुस्ताले आफ्नो भाषा बिर्सिदै गएको छ, बोहराले भने रानाथारु भाषामा आधारित बालचित्र पुस्तकले रानाथारुहरुको भाषा जर्गेनाकालागी महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’
सँस्कृतिको जर्गेनाका बारेमा विद्यालयमा पढाई हुँदै आएपनि व्यवहारिकतामा कार्यान्वयन नहुँदासम्म त्यसलेपुर्णता नपाउने उनको भनाई छ । चित्रमा देख्दा सबै व्यत्तिले लामो समयसम्म सम्झीन सक्ने भएकोले बालचित्र पुस्तक उपयोगी हुने बोहराले बताए । त्यस्तै कार्यक्रममा नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले रानाथारु भाषामा आधारित बालचित्र पुस्तक निर्माणकालागी आफुले धेरै पहल गरेको बताए । ‘पहिलेपहिले हामीले सुन्दै देख्दै आएको भाषा सँस्कृति अहिले लोप भएको जस्तो लाग्यो ओझाले भने भलमन्साहरुको भेला गरेर विभीन्न ठाँउमा पहलपछी यो पुस्तक विमोचन गर्न सफल भएका छौँ ।’
एकै भाषाको पाठ्यपुस्तक निर्माण गर्न गाह्रो भएको भन्दै उनले प्रयास गरे पनि सफल हुन नसकेको बताए । नगरपाललिकाभित्र डगौरा थारुको बसाई पनि बाक्लो भएको हुँदा डगौरा थारु भाषाको पुस्तककालागी पनिआफ्नो प्रयास रहने उनको भनाई थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टि एन जोशीले कैलाली र कञ्चनपुरमा करिब ४ लाखको संख्यामा रहेको रानाथारु समुदायको भाषा जर्गेना गर्नकालागी छुट्ट्र व्याकरण निर्माणको तयारी भईरहेको बताए । संघीयतामा भाषा, कला सँस्कतिको ठुलो महत्व हुने भएकोले आफ्नो पहिचान झल्किने यी कुराहरुलाई जर्गेना गर्न जरुरी रहेको उनले बताए ।
कार्यक्रममा लेखन टोलीकी सदस्य बासमति रानाले किताब धेरै मिहेनत लाएर तयार गरीएको बताईन् । रानाथारु भाषामा आधारित बालचित्र पुस्तक पहिलो पटक विमोचन भएको भन्दै उनले आफ्नो भाषाको पुस्तक पाँउदा बालबालीका खुसी हुने विश्वास लिएको बताईन् । भाषा जर्गेना गर्नकालागी घरमा पुर्ण रुपमा आफ्नै भाषा प्रयोग गर्न उनले रानाथारु समुदायलाई सुझाव दिईन् । पुस्तकमा स्थानीय रानाथारु भाषामा आधारित बालचित्रहरु सहज रुपमा प्रस्तुत गरीएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.