डडेल्धुराको आलितालमा अटो दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

अत्तरिया : डडेल्धुराको आलिताल गाउँपालिकामा अटो रिक्सा दुर्घटना भएको छ । दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते घाइते भएका छन्।

भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको आलिताल गाउँपालिका-१ मेलखर्कमा अटो रिक्सा दुर्घटना भएको प्रहरिले जनाएको छ । बुधबार राति अटोरिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको प्रहरीले जनाएको छ। वीरबहादुर कुँवर घाइते छन्।

उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.