छाउपडीप्रथा तोड्ने महिलालाई सम्मान

बझाङ :  बझाङको खप्तड छान्ना गाउँ पालिका ७ गडरायमा परम्परागत रूपमा समाजमा रहेको सामाजिक कुरिति छाउपडी प्रथा तोड्ने महिलालाइ बुधबार एक कार्यक्रम बिच सम्मान गरेको छ ।
त्यहाँ लागु भएको गरिमा परियोजनाले आयोजना गरेको नेतृत्व विकास तथा महिनावारी स्वास्थ्य कार्यक्रममा छाउपडि प्रथा पूर्णरुपमा नमान्ने साहासि १० जना महिलालाइ सम्मान गरेको हो
सम्मान गरिएका महिलाहरुले छाउ (महिनावारी) भएका बेला घर भित्र बस्ने दहिदुध खान गाइ भैंसी दुने र छाउ हुने कुरालाइ सामान्य लिएर घर ब्यबहारमा लागु गरेको हँुदा यस्ता यो सामाजिक कुरिति कुप्रथा तोड्ने साहासिक महिलालाइ सम्मान गरेको जनाएको छ ।
कार्यक्रममा सहभागी अन्य महिलाहरुले पनि यो कुप्रथा तोड्न प्रतिबद्धता गरेकी छन । छाउपडी प्रथा तोड्ने महिलाहरुले गडरायका प्रमिला रोकाया, गिता रोकाया, पारु रोकाया, अस्मिता रोकाया पदमा सिह, उजेलि थापा, बिमला शार्की शान्ति थापा, मनादेवी जोशी, जसु थापा रहेकी छन ।
गरिमा परियोजनाले बझाङको खप्तड छान्ना गाउँ पालिका र बाजुरा को खप्तड छेडेदह गाउँ पालिकामा सामाजिक कुरिति हटाउन विभिन्न कार्यक्रम गदै आएको छ

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.