बझाङमा एक जना सेती नदीमा वेपत्ता

बझाङ : बझाङमा एक जना सेती नदीमा बगेर एक जना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा मष्टा गाउँपालिका वडा नम्बर ४ आग्राका ४७ वर्षीय सुरेन्द्र कठायत रहेका छन् ।

उनी आज शनिबार दिउँसो करिब २ बजेतिर सेती नदीमा गाइको बाछो तराउने क्रममा बगेर बेपत्ता भएको स्थानीय शुशिल कठायतलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनको खोजीका लागि स्थानीय र प्रहरी खटाइको बझाङ प्रहरी प्रमुख तथा डिएसी भरत शाहले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.