भजनीमा करेन्ट लागेर एक किशोरीको मृत्यु

अत्तरिया, १२ कात्तिक : कैलालीमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । भजनी नगरपालिका–२ पल्टिपुरकी ४१ वर्षीया प्रेमी डगौराकी छोरी १३ वर्षीया सुस्मा डगौराको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको हो ।
आफ्नै घरको आँगनमा आमासँगै पंखाको हावाबाट धानको भुस केलाउने क्रममा पंखाको तार सर्ट भएर करेन्ट लागेर दुवै जना गम्भीर घाइते भएकोमा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा सुस्माको मृत्यु भएको हो । प्रेमी डगौराको उपचार भइरहेको छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.