अत्तरिया, १२ कात्तिक : कैलालीको अत्तरिया बजारमा रहेका फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्न माग गर्दै गोदावरी नगरपालिकाका नगरप्रमुखलाई ज्ञापन पत्र बुझाईएको छ । अत्तरिया उद्योग वाणिज्य संघले आइतबार गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट मार्फत ज्ञापन पत्र बुझाएको हो ।
नगरपालिका तथा सुदूरपश्चिम प्रदेशकै मुख्य केन्द्र अत्तरिया बजार दिनानुदिन सडक पेटी तथा सडकका विच भागमा मुख्य चोक वरिपरी सवारी साधनको पार्किङ्ग, फुटपाथ व्यवसायीहरुको व्यापारको केन्द्र, खाद्यवस्तुका ठेलागाडामा व्यापार गरी विविध सामग्रीहरु विक्री वितरण भइरहेको र सो कार्य गर्ने व्यक्तिहरु कुनै पनि करको दायरामा नरहेको जानकारीमा आइरहेको छ । यसबाट राज्य नगरपालिका तथा कर तिरि व्यापार व्यावसाय गरिरहेका व्यापारीहरुलाई नोक्सान पुगिरहेकोे पत्रमा उल्लेख गरिएको छ ।
‘साथसाथै दुर्घटनाको उच्च जोखिमहुँदै शहरको सुन्दरता समेत कुरुप बन्दै गईरहेकोले आगामी दिनमा विकराल समस्याको सृजना हुन सक्ने सम्भावनालाई मध्यनजर गरी सडक कब्जा गरी व्यापार व्यवसाय गर्ने कार्यलाई दुरुत्साहित गर्दै शहरको सुन्दरतालाई समेत कायम गर्दै यथासिघ्र सडक खाली गराई करको दायरामा ल्याई उचित स्थानमा व्यापार व्यवसाय गर्ने वातावरणको सृजना गर्न गराउन पहल गरी व्यवस्थित बनाउन सहयोग गर्न पत्रमा अनुरोध गरिएको छ ।’ अत्तरिया बजारमा विभिन्न व्यवसायीले मनलाग्दी तरिकाले सडक पेटीमा व्यापार गर्ने गरेका छन् ।
सम्बन्धित पाेस्टहरु