‘टिकटक स्क्याण्डल’ पछि माओवादीबाट निष्कासित भइन् शान्ति बराल

वुटवल : नेकपा माओवादी केन्द्र, रूपन्देहीले अनैतिक क्रियाकलाप गरेर चर्चामा आउने शान्ति बराललाई कारबाही गरेको छ । बराल माओवादी पार्टीको सैनामैना नगर कमिटीमा थिइन् । टिकटकमा गोप्य अंग देखाएर भाइरल बनेकी बराललाई माओवादीले साधारण सदस्यबाट समेत हटाएको हो ।

माओवादी सैनामैनाका अध्यक्ष नारायण महतले एक विज्ञप्ति जारी गर्दै पार्टीमा यस्ता अनैतिक काम गर्ने छुट कसैलाई नभएको भन्दै बराललाई कारबाही गरेको जनाएका छन् । पार्टीका नेताहरूसँगै सेल्फी खिच्ने, विभिन्न व्यक्तिसँग जोडेर टिकटक बनाउने र चर्चामा आउने बराल यसअघि पनि पटक पटक विवादमा पर्दै आएकी थिइन् । पछिल्लोपटक उनले टिकटक लाइभका क्रममा यौनांग देखाएको भिडिओ क्लिप भाइरल भएपछि पार्टीले उनलाई कारबाही गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.