सुन्दर सिंह धामी
दार्चुला, २४ मंसिर : दार्चुलाको महाकाली नगरपालिकामा स्थापित भएको स्वाबलम्बी बचत तथा ऋण सहकारी सस्था लिमिटेड प्रबिधि मैत्री बन्दै गएकोछ । संस्थाले ग्राहकहरुको सहजताका लागि मोबाइल बैंकक एप बजारमा ल्याएकोछ ।
ग्राहकहरुको सहजता र अहिलेको माग नै अनलाईन भएकालेका बजारमा एप ल्याएको संस्थाका प्रबन्धक भुवन जोशिले बताए । उनले एक हप्ता भित्रमै स्क्यानर,क्युआरर्कोट पनि बिस्तार गरिने जानकारी दिए ।
स्वाबलम्बी सहकारी जिल्लाकै प्रबिधि मैत्री रहेको ग्राहकहरुको बुझाइ रहेकोछ ।