राष्ट्रिय भूमि आयोगका अध्यक्षले गरे दार्चुलामा भुमिहिनहरुको अनुगमन

दार्चुला : दार्चुलाको दुहु गाउपालिका–३ बोहरिगाउँमा भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिलाउनका लागि नाप जाँच अनुगमन गर्ने काम गरिएको छ ।
भुमि आयोग जिल्ला समिति सचिवालयका अध्यक्ष लालसिंह धामी, नापी कार्यालयका प्रमुख तथा सदस्य सचिव प्रदिप ज्ञवाली, जिल्ला समितिका अमिन, दुहु ३ का वडा अध्यक्ष लगायतको सहभागिता रहि नापजाँच भैरहेको नापी कार्यालयका प्रमुख प्रदिप ज्ञवालीले बताए । नापी कार्यालयको टिम निरन्तर नाप जाँच गर्नेछ साविकको आयोगद्वारा भएका अधुरा, अपुराकामहरुलाई निरंतरता दिएर जग्गा धनी प्रमाण पुर्जा प्रदान गरिनेछ ।
विगतका आयोगद्वारा गरिएका अधुरा अपुरा कामहरुलाई निरन्तरता दिई तिसौ दशकदेखि बसिआएका अव्यवस्थित वसोवासीहरुलाई पुर्जा दिने कामको थालनी भएको छ ।
धेरै दायित्व स्थानीयतहको नै हो स्थानीय तहहरुले भूमिआयोगसंग गरेको सम्झौता अनुसार काम अघि बढाएमा यसै आर्थिक वर्षमा यस जिल्ला भरी पुर्जा वितरण गर्न सकिने अध्यक्ष धामीले वताए ।
सदस्य सचिव ज्ञवालीका अनुसार समितिले यस आयोगले निर्देशित गरेका सकारात्मक प्रकृतिका जग्गाहरु र विगतका आयोगले थाती राखेका अधुरा अपुरा जग्गाहरुको नक्सांकन गरी छिटो भन्दा छिटो दिने तयारी गरेको छ । ‘हालको आयोगले व्यवस्था गरे अनुरुप स्थानिय तहहरुको रोल निकै धेरै रहेकोले सबै पालिकाहरुले निस्सा वितरण पश्चात आफ्नो जनशक्ति तथा यस समितीको जनशक्ती परिचालन गरेर नापनक्सा गरी नक्सा सहितको विवरणहरु जिल्ला समितीमा पेश गर्ने र त्यसपछि जिल्ला समितीले उक्त नक्सा सहितको विवरण चेकजाँच गरी श्रेस्ता, पुर्जा दिने काम छिटो भन्दा छिटो गर्न सकिनेछ ।’
कुनै पनि नबुझेको कुराहरु यस जिल्ला समितिले सहयोग गर्नेछ तर यस जिल्लामा पालिकाहरुले धेरै चासो नलिएका कारण यो काममा अस्थिरता आएको बताए । पालिकाहरुको संमन्वय, बजेट व्यवस्थापन र कर्मचारीको व्यवस्थापन र नक्सांकन गर्ने दायित्व भएकोले सबै पालिकाले आफ्नो पालिकाभित्रका सबै भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको नक्सा तयार गर्नेतर्फ सबै पालिकाको ध्यान केन्द्रित हुनुपर्ने र त्यसको आवश्यक सहजिकरणको लागी आयोगका अध्यक्ष,सदस्य, सदस्य सचिव लगायतको टिम सदैव खुला रहेको भनि प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.