अत्तरिया, १३ पुस : चर्चित देउडा गायिका गौरी भट्ट र देउडा पारखी शेरबहादुर बोहराको ‘देउडा झमाझम’ नामक देउडा गीत सार्वजनिक सार्वजनिक गरिएको छ ।
चर्चित देउडा गायिका गौरी भट्ट र शेरवहादुर बोहराको स्वरवद्ध गरेको गित युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । मौलिकपन झल्कने देउडा गितको गायक स्वयम शेर बोहरा र रेखादेबि बोहराको उत्कृष्ट लय, शब्द रहेको भने उक्त गितको सङ्गीत सृजना भुमीराज थापाले गरेका छन ।
रमेश बिजुली बिसिको निर्देशनमा रहेको उक्त देउडा गितमा झरना बोहरा, शेरबहादुर बोहरा, अनु खण्डा, सौगात ओझा र शारदा बोहराले अभिनय गरेका छन । यसपटक पनि सुदूरपश्चिमको ठट्यौली पन सँगै मौलिक पन झल्कने गरी देउडा गित बजारमा ल्याएका छन ।
सम्बन्धित पाेस्टहरु