अत्तरिया : ‘समृद्ध प्रदेशको आधार कृषि पर्यटन र ब्यापार’ भन्ने मुल नाराका साथ अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुतिमा दर्शकहरु मनोरञ्जनका साथ झुमिरहेका छन् ।
यही पौष २६ गते देखि सुरु भएको अत्तरिया महोत्सवको पाँचौं दिन अर्थात सोमबार राष्ट्रिय कलाकार तथा मेरी बास्सै नाटकका मुख्य पात्र हास्य कलाकार धुर्मुस र सुन्तली आउने भएका छन् । धुर्मुस र सुन्तलीको महोत्सवमा करिब ६ वर्ष पछी फेरी पनि दर्शकलाई मनोरञ्जन गराउन उद्देश्य साथ फर्केका छन् ।
महोत्सवमा माघ २ गते चर्चित नायक पल शाह आउने भएको आयोजकले जनाएको छ । माघ ७ गतेसम्म चल्ने महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू, थारु सँस्कृति तथा परिकार सहितको थारु प्रदर्शनी मुख्य आकर्षणका रुपमा रहेका छन ।