अछाममा जिप दुर्घटनामा १५ जना घाईते, तीनको अवस्था गम्भिर

अछाम : अछाम चौरपाटी गाउँपालिका वडा नं.५ लुंग्रा स्थित आमरुख नजिक जिप दुर्घटनामा १५ जना घाईते भएका छन् । से १ झ ४२९ नम्वरको जीप बुधबार आज विहान साढे ८ वजेट जिप दुर्घट्नामा तीन जनाको अवस्था गम्भिर रहेको सिउडी प्रहरी चौकीका असई पदम खड्काले जानकारी दिए ।

दुर्घट्ना घाईते सवैलाई उपचारको लागि वयलपाटा अस्पताल लगिएको उनको भनाई रहेको छ । लुग्राबाट साँफे आउने क्रममा जिप दुर्घटना भएको हो । जिपमा त्रिपुरा सुन्दरी माविका अध्ययन विद्यार्थी र केही सर्वसाधरण रहेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.