गोदावरी–८ स्याउलेमा रहेको सानाकिसान कृषि सहकारीले स्थापना दिवस मनायो

जेहेन्दार विद्यार्थीलाई ड्रेस र झोला वितरण

अत्तरिया, २९ चैत : कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड श्रीपुरले आफ्नो स्थापना दिवस मनाएको छ । बिहिबार कार्यक्रमको आयोजना गरी संस्थाले २७ औ स्थापना दिवस र शुभकामना आदान प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा नगरप्रमुख भट्टले राजनीतिक अस्थिरताका कारण देशमा विकास निर्माणका कार्यहरु पछाडी परेको बताए । उनले राजनीतिक अस्थिरतालेनै सबै क्षेत्रलाई असर गरेको बताए । उनले सबैले हातेमालो गरेमात्रै विकास निर्माणका कार्यहरु गर्न सकिने बताए । ‘जनप्रतिनिधिले मात्रै सबै कुरा गर्नुपर्छ भन्ने धारणा यहाँका नागरिकमा छ, चियापसलहरुमा समाजकै अग्रज व्यक्तित्वहरु बसेर जनप्रतिनिधिहरुलाई गालीगलौज गरिरहेका हुन्छन’ उनले भने ‘त्यसरी गालिगलौज गर्नुभन्दा सुझावहरु दिनुस न, तपाईहरुको सुझाव अनुसार काम गरेर सकारात्मक सुझावहरुलाई ध्यान दिएन भने त्यसपछि गाली गर्नुहोला ।’
संस्थाका अध्यक्ष केशवराज विनाडीको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । साना किसान सहकारी २७ वर्ष पुरा गरी २८ औ वर्षमा प्रवेश गरेको अवसरमा कार्यक्रममा केक पनि काटिएको थियो । २०५४ सालमा स्थापना भएको सहकारीले लामो समयसम्म आफुलाई जिवित राख्न सफल भएको छ । उक्त सहकारीमा फागुन मसान्तसम्म ५ हजार ६९१ शेयरसदस्यहरु पुगिसकेका छन । सहकारीप्रति सदस्यहरुको विस्वासकै कारण हालसम्म सहकारी अब्बल सावित हुदै गएको जनाएको छ ।
जेहेन्दार विद्यार्थीलाई ड्रेस र झोला वितरण
सहकारीको स्थापना दिवसका अवसरमा गरिब र जेहेन्दार विद्यार्थीहरुलाई ड्रेस र झोला वितरण गरिएको छ । सहकारीका अध्यक्ष केशवराज विनाडीले आफ्नो व्यक्तिगत तर्फबाट स्याउले क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब र जेहेन्दार १० जना विद्यार्थीहरुलाई उक्त सामग्री वितरण गरेका हुन ।
सहयोग दिईएका विद्यार्थीमध्ये ५ जना समैजी माध्यमिक विद्यालय मजगाउँका रहेका छन भने ५ जना दुर्गा भवानी माध्यमिक विद्यालयका रहेका थिए । उनिहरुलाई नगरप्रमुख भट्ट र सहकारीका अध्यक्ष विनाडीले सहयोग सामग्री वितरण गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.