अत्तरिया : सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षबाट पार्टी प्रदेश सभा सदस्य कैलाश चौधरीले मुख्यमन्त्री पदमा दाबेदारी प्रस्तुत गरेका छन्।
चौधरीले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति र स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गरेका हुन। प्रदेश सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक हुन्छ। हाल ५३ सदस्यीय प्रदेश सभामा ५१ जना छन्। एक जनाको मृत्यु भएको र एक जनाको प्रदेश सभा सदस्यको पद खारेज भएको छ।
यसअघि आइतबार नै उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी पक्षधर लक्ष्मण किशोर चौधरीले कांग्रेसका १८, उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार र राप्रपाका एक गरेर ३१ जनाको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गरेको थियो ।