अत्तरिया : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तागठबन्धन पूरै कार्यकाल यथावत रहने बताएका छन् । आज कैलालीको धनगढी बिमानस्थलमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
सत्ता गठबन्धनमा बाहिर हल्ला भएको जस्तो नभई यथार्थमा एक जुट रहेको र गठबन्धन पूरै कार्यकाल यथावत रहने उनको भनाई छ ।
उनले ‘अहिले हामी सत्ता साझेदार मात्र हौँ हाम्रो विचार मिल्यो भने बाम एकता पनि हुन सक्छ ।’
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दहालले नेपाललमा ४ वटा महत्वपूर्ण काम हुन लागेको बताए । यही अर्को हप्ता कतारका राजा नेपालको भ्रमण गर्न लोगेको र उनको नेपालमा पहिलो भ्रमण रहने उनले बताए । दोस्रोमा लगानी सम्मेलन जस्को तयारी पुरा भईसकेको र सो मा ४० भन्दा बढी देश सहभागी हुने उनको भनाई छ । सम्मेलनबाट लगानी मैत्री वातावरण सिर्जनाका लागि एक दर्जन ऐन संशोधन गरी अध्यादेश ल्याउन लागेको उनले बताए ।