बझाङ उपनिर्वाचनमा एमाले पहिलो, माओवादी दोस्रोमा

अत्तरिया : बझाङ १ मा भएको प्रदेशसभा उपचुनावको मतगणना जारी छ । अहिलेसम्म छबिसपाथिभेरा गाउँपालिका वडा नम्वर १, २, ३, ४, ५ र ६ को मतगणना सकिएको छ ।
अहिलेसम्म दोस्रो स्थानमा रहेको कांग्रेस तेस्रोमा झरेको छ । माओवादी दोस्रोमा उक्लिएको हो । ६ वटा वडाको मतगणना सकिँदा एमाले उम्मेदवार दमनबहादुर भण्डारी १ हजार ५९२ पाएका छन् । माओवादी उम्मेदवार जनक बुढाले १ हजार मत ल्याएका छन् ।

कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत पाएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५७७ र राप्रपाका किशोर खड्काले २० मत पाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.