गौरीगंगामा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

अत्तरिया : कैलालीको गौरीगंगामा एक महिलाको शनिबार माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीया लक्ष्मी सिजापतीको मृत्यु भएको हो। उनको नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्नेक्रमा माटोको ढिस्कोमा च्यापिएर मृत्यु भएको हो।

सिजापतीको पोष्टमाटम गरि शव उनका आफ्न्तले बुझिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.