कञ्चनपुरको दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको बेलौरी स्थित दोदा नदीमा डुबेर दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। शनिवार नदीमा पौडी खेल्ने क्रममा बेलौरी नगरपालिका–४ शान्तिपुर का १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

नदीमा डुबेर घाइते भएका समीर सुवेदी र शिशिर बिष्टको उद्धार गरी बेलौरी स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.