सशस्त्र प्रहरी बल बडिमालिका जवान तालिम शिक्षालयको २३ औं स्थापना दिवस

अत्तरिया, २४ बैशाख : सशस्त्र प्रहरी बल नेपाल बडिमालिका जवान तालिम शिक्षालयको २३ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बडिमालिका जवान तालिम शिक्षालयको २३ औं स्थापना दिवस विविध कार्यक्रम गरि सोमबार मनाइएको छ । संगठनका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा वनवेहडामा विविध कार्यक्रम गरि मनाएको हो ।
सो अवसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिनुको साथै विभिन्न खेल विधाका विजेता खेलाडीलाई मेडल प्रमाणपत्र दिइएको थियो ।

कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र , नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआइजीहरु, स्थानीय जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । उक्त शिक्षालय २०५८ मा स्थापना भएको थियो ।

समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी भन्ने वित्तिकै सिमाको सुरक्षा भन्ने आम मानिसमा धारणा बनेको बताए । उनले अनुशासित र इमान्दर भएर काम गर्न प्रहरी जवान तथा अधिकृतलाई निर्देशन समेत दिए । शिक्षालयका प्रमुख निरकृष्ण अधिकारीले कार्यक्रममा उपस्थित सबैलाई सो अवसरमा धन्यबाद ब्यक्त गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.