कञ्चनपुर कृष्णपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–३ चित्रपुर बस्ने शिवा रानाको छोरा अन्दाजी १ वर्ष ५ महिनाको लिवन रानाको मृत्यु भएको हो।

सोही ठाउँ बस्ने रमेश रानाको चालु अवस्थामा रहेको ढक्कन खुल्ला गरि राखेको सेफ्टी ट्याङ्कीमा खस्न गई डुबेर अचेत अबस्थामा फेला परेका ती बालकलाई उपचारको लागि धनगढी स्थित मायामेट्रो अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.