गौरीगंगामा अबैध काठ बरामद

अत्तरिया : कैलालीकोमा अबैध काठ बरामद गरिएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–९ बनखेतमा रहेको गौरीगंगा सामुदायिक साँझेदारी वन भित्र लुकाई राखिएको सालको गोलिया ७ थान (१०५.५१ क्युफिट) अबैध काठ मंगलवार बरामद गरिएको हो।

उक्त काठ ईलाका प्रहरी कार्यालय मसुरिया र सब–डिभिजन वन कार्यालय मसुरियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। काठलाई सब–डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.