सुधार केन्द्रमा शाही मृत्यु प्रकरण : १७ जनाको नाममा किटानी जाहेरी दर्ता

अत्तरिया : कैलालीको सुधार केन्द्रमा सुनिल शाहीको मृत्यु भएको घटनामा परिवारले १७ जनाविरुद्ध जाहेरी दिएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–२ का २३ वर्षीय शाहीको हत्या भएको भन्दै पीडित परिवारले १७ जनाविरुद्ध किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ साउँदले जानकारी दिए ।
यस घटनामा प्रहरीले समितिका विभिन्न व्यक्तिहरूलाई सोधपुछ गरेको थियो । केहीलाई नियन्त्रणमा लिएर राखे पनि प्रहरीले सबैको नाम सार्वजनिक गरेको छैन । जाहेरी परेका मध्य १६ जना प्रहरी नियन्त्रणमा रहेका छन् भने १ जना फ्रहार रहेको प्रहरीले जनाएको छ । मङ्गलवार राती शाहीको सुधार केन्द्रमा मृत्यु भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.