कैलालीका सीमा नाका आजबाट बन्द रहने

अत्तरिया : कैलालीका सीमा नाका आजबाट बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीकाले बिहीवार सूचना जारी गरी २८ गते आज साँझ ६ बजेदेखि ३१ गते मतदान सम्पन्न नभएसम्म कैलाली जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने जनाएको हो।

वैशाख ३१ गते भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा लोकसभा सामान्य निर्वाचन हुँदैछ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सीमा नाका बन्द गरिने सूचनामा उल्लेख छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.