अत्तरिया : लामो समयपछि कैलालीमा बर्षाभएपछि किसानहरु हर्षित भएका छन् । गर्मी र खडेरीपछि कैलालीमा किसान आजित थिए ।
धेरै दिनपछिको गर्मी र लु चलेपछि पानी पर्दा यहाँका किसान लगायत स्थानीयलाई राहत पुगेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बर्षा नहुँदा किसानको बारेमा लगाएका बालीहरु सुक्न थालेका थिए ।
सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार धनगढीको गर्मी केहीदिन ४० डिग्री सेल्सियस पुगेको थियो