अत्तरिया : सुदूरपश्चिम सरकारले प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयकाअनुसार सरकारको सिफारिसमा शुक्रबार राति १२ बजेदेखि लागू हुने गरि अधिवेशन अन्त्य गरिएको छ ।
बिहीबार प्रदेशसभाबाट मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिएका थिए । कांग्रेस, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको बहिष्कारकाबीच विश्वासको मत लिएका थिए ।
सभामुख भीमबहादुर भण्डारीले शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाएका थिए । तर सभा सञ्चालनका लागि दलहरूबीच सहमति नभएको भन्दै सभामुख भण्डारीले बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् ।