अत्तरिया : बालमैत्री कानुन बनाई बजेट बिनियोजनको माग सहित सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घ सोडारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
विभिन्न सामाजिक संघ संस्थाले बालबालिकाको वैकल्पिक हेरचाह सम्बन्धि अधिकारलाई प्रदेश सरकारको नीति, योजना, कार्यक्रम तथा बजेटमा समावेश जस्ता बिभिन्न माग सहित ज्ञापन पत्र बुझाएका हुन् । बालगृह संजाल नेपाल, सीविन नेपाल, माइति नेपाल, , एसओएस बालग्राम नेपाल, पीसविन नेपाल, शान्ति पुनर्स्थापना गृहले पत्र बुझाएका हुन् ।
१. वैकल्पिक हेरचाहको आवश्यकतामा रहेका तथा अति जोखिममा परेका बालबालिकाको संरक्षणका लागि प्रदेश सरकारले संरक्षणको सुनिश्चितता हुने नीतिगत व्यवस्था गर्न अनुरोध गर्दछौं ।
२. वैकल्पिक हेरचाहको आवश्यकतामा रहेका तथा संरक्षणको जोखिम भएका बालबालिकाको संरक्षणका लागि प्रदेश सरकारले बिशेष संरक्षण कोष स्थापना गरीदिनु हुन अनुरोध गर्दछौं ।
३. वैकल्पिक हेरचाह तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि निशुल्क स्वास्थ्य बीमा, पोषण भत्ता, निर्वाह भत्ता, शैक्षिक सामग्री सहायता यस बर्षको विनियोजन विधेयक देखि व्यवस्था गरी लक्षित बालबालिकाको सामाजिक सुरक्षा सुनिश्चित गरिदिनु हुन अनुरोध गर्दछौं ।
४. वैकल्पिक हेरचाहमा हुर्केका बालबालिका युवा अवस्थामा प्रवेश गरे पश्चात देखिने विपन्नता तथा समस्याको सम्बोधन गर्न लक्षित युवाको सिप, उउध्यमशीलता तथा लगानीको नीति तथा श्रोत सुनिश्चित गरीदिनु हुन अनुरोध गर्दछौं ।
५. प्रदेश तहमा तर्जुमा गर्नु पर्ने बालबालिका सम्बन्धि कानुन, नीति तथा बालअधिकार समिति गठन तथा त्यसको प्रभावकारी सञ्चालनका लागि आवश्यक श्रोत यसै बर्षबाट ब्यवस्था गरीदिनु हुन अनुरोध गर्दछौं ।
६. यस प्रदेशमा वैकल्पिक हेरचाहको क्षेत्रमा कार्यरत सामाजिक सङ्घ संस्था तथा अन्य निकायको क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक श्रोतको ब्यवस्था गरीदिनु हुन अनुरोध गर्दछौं ।
७. बालबालिकाको वैकल्पीक हेरचाहमा प्रत्यक्ष संलग्न हुने हेरचाह कर्ताको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने निकाय स्थापना गरी उक्त तालिममा सेवा प्रदायक निकायका हेरचाह कर्ताका लागि निशुल्क तालिमको व्यवस्था गरीदिनु हुन अनुरोध गर्दछौं ।
८. बाल संरक्षण सम्बन्धि कानुन तथा नीतिले परिकल्पना गरे बमोजीम प्रदेश तहमा श्रोत तथा दक्ष निकाय स्थापना गरीदिनु हुन अनुरोध गर्दछौं ।
९. वैकल्पिक हेरचाह सम्बन्धि कानुनको कार्यान्वयन तथा गुणस्तरीय हेरचाह प्रवर्द्धन गर्न प्रदेश तथा स्थानीय तहमा वैकल्पिक हेरचाहका सबै प्रकार (नातागोताले गर्ने हेरचाह, समाजका अन्य परिवारले गर्ने हेरचाह, परिवार जस्तै हेरचाह प्रदान गर्ने सामाजिक निकाय तथा बालगृह) को सञ्चालन तथा गुणस्तर सम्बन्धि आधारभूत मार्गदर्शन तथा त्यस सम्बन्धि क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालन गरीदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।