अत्तरिया, ७ जेठ : प्रतिभा सामुदायिक पुस्तकालय अत्तरियाको आयोजनामा यहि जेठ ११–१२ गते सम्पन्न हुने सुदूरपश्चिमस्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पूरा भएको छ ।
‘पढौँ पढाऔँ निरन्तर शिक्षाका लागी पुस्तकालय जाऔँ, सबल समाजको आधार पुस्तकालयको विकास र विस्तार । एक स्थानीय तह एक नमुना पुस्तकालय हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सुदूरपश्चिम् प्रदेशस्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पूरा भएको हो । सम्मेलनको उद्घाटन सुदूरपश्चिम् प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले गर्ने तय भएको छ ।
सम्मेलनलाई सफल पार्न विभिन्न उप समितिहरु गठन गरिएको छ । जसमा सांस्कृतिक संयोजक लिलाधर बाँस्कोटा, आवास तथा भोजनालय संयोजक धर्मसिं कुँवर, अतिथि सत्कार तथा मञ्च व्यवस्थापन संयोजक कमला भट्टराई र प्रतिनिधि व्यवस्थापन तथा समन्वय संयोजक भुपेस जोशीलाई जिम्मेवारी प्रदान गरिएको पुस्तकालयका अध्यक्ष पुस्पराज जोशीले जानकारी दिए ।
सम्मेलनमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला मध्ये पहाडी जिल्ला बाट १–१ जना र कैलाली कंन्चनपुरका सामुदायिक पुस्तकालय बाट २–२ जना ब्यक्तिको प्रतिनिधित्व रहने गरि प्रदेश भित्रका ३० वटा सामुदायिक पुस्तकालयहरुको प्रतिनिधित्व हुनेछ । उक्त सम्मेलनलाई सुदूरपश्चिम् प्रज्ञा प्रतिष्ठान, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सामाजिक विकास मन्त्रालय, नेपाल सामुदायिक पुस्तकालय संघ र रिड नेपालको समन्वय÷सहकार्यमा हुन लागेको कार्यसमिति सदस्य तथा प्रतिनिधि व्यवस्थापन उप–समिति सदस्य हेमन्त राज जोशी (बाजे) ले जानकारी दिए ।
सम्बन्धित पाेस्टहरु