लागुऔषधसहित अत्तरियाबाट तीन जना पक्राउ

अत्तरिया, ८ जेठ : कैलालीको गोदावरी नगरपालिका अत्तरियाबाट तीन जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१ धनगढी रोडबाट तीन जना लागुऔषधसहित पक्राउ परेका हुन् ।
मालाखेती प्रहरीका अनुसार मङ्गलवार धनगढी उपमहानगरपालिका–३ मिलन चोकका रोहन घिमिरे, डोटीको दीपायलमा बस्ने ललित नाथ र डोटीको बान्डुरे सैन बस्ने रोशन खड्का पक्राउ परेका हुन् ।
उनीहरुको झोलाको खल्तीमा एक दशमलव १०० ग्राम लागुऔषध फेला परेको हो । नाइट्रोभेट सात ट्याब्लेट र २ मोबाइलसमेत प्रहरीले उनीहरुको साथबाट बरामद गरेको छ । इलाका प्रहरी कार्यालय, मालाखेतीले उनीहरुको विषयमा थप अनुसन्धान गर्दै छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.