गोदावरी नगरपालिका वडा नं १ को आ.व ०८१\०८२ ८३ लाख १७ हजार ८ सय ७ बजेट सार्वजनिक

आकास कार्की
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं १ को आठौ वडा भेला समापन भएको छ। सोमबार प्रमुख अतिथि नगर प्रमुख वीरेन्द्र भट्टले वडा भेलाको उद्घाटन गरेका हुन्।

कार्यक्रममा वडा नम्बर १ ले आर्थीक बर्ष २०८१\०८२ को योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । आठौ वडा भेलामा वडा अध्यक्ष गोपाल दत्त भट्टले वडाका योजना तथा कार्यक्रम सार्वजनिक गरेका हुन । अध्यक्ष भट्टले सार्वजनिक गरेको तथ्यांक अनुसार नगरबाट प्राप्त भएको बजेट सिलिङ्ग अनुसार आव २०८१\०८२ को लागी जम्मा ८३ लाख १७ हजार ८ सय ५ रुपैयाँ ५७ पैसा रहेको जानकारी दिए। जसमा समानीकरण बजेट ६० लाख र २३ लाख १७ हजार ८ सय ७ बराबरको रकम सूत्रमा आधारित बजेट रहेको जानकारी दिए।

यस्तै वडामा भएको प्राप्त बजेटको आ व ०८१\०८२का लागी पूर्वाधार विकास तर्फ ४८ लाख जसमा सडक ग्राभेल,नदी नियन्त्रण,ढल निकास, कलभर्ट र अन्य निर्माण कार्यमा रहेको छ। बजेटको सामाजिक बिकास तर्फ १३ लाख ५० हजार रहेको जसमा शिक्षा, स्वास्थ्य,सस्कृति प्रवर्द्धन,लैङ्गिक समानता तथा सामाजिक समावेसीकरण, युवा, महिला तथा बालबालिका बिकास कार्यक्रम,दलित, आदिबासी, जनजाती, मधेसी, मुस्लिम तथा पिछडा वर्ग कार्यक्रम रहेको छ। आर्थिक विकास तर्फ १२ लाख जसमा कृर्षि उद्योग तथा वाणिज्य,पशुपछि
विकास,पर्यटन,गरीबी न्यूनिकरण,उद्यम विकास, सिपमुलक तथा आय मुलक कार्यक्रम, सिचाई रहेको छ। यस्तै वातावरण तथा विपद व्यवस्थापन तर्फ ५० हजार रहेको र शुसाशन तथा संस्थागत बिकास तर्फ ९ लाख १७ हजार ८ सय ७ रुपैया रहेको जसमा संस्थागत विकास तथा क्षमता विकास,स्थानिय सेवा प्रवाह तथा जनशक्ति व्यवस्थापन,राजस्व तथा स्रोत परिचालन, तथ्याङ्ग प्रणाली तथा योजना विकास व्यवस्थापन, निति कानुन तथा न्ययिक सुसासन सम्बन्धी कार्यक्रमहरु रहेको छ।
यस्तै वडाले आ व ०८०\०८१को बैशाख महिना सम्ममा ६२ लाख ५४ हजार १सय ४३ रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिए। वडा सदस्य गम्भीर साउदको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव कुन्ता देवी भण्डारीले गरेकी थिईन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.