गोदावरी नगर–५ को बजेट ७५ लाख १० हजार

अत्तरिया, १६ जेठ : कैलालीको गोदावरी नगरपालिका–५ ले आगामी आर्थिक वर्षका लागि ७५ लाख १० हजारको बजेट प्रस्तुत गरेको छ ।
वडा कार्यालयले बुधबार वडा भेलाको आयोजना गर्दै नगरबाट प्राप्त बजेट सिलिङ्ग अनुसार बजेट प्रस्तुत गरेको हो ।
वडाभेलामा बजेट प्रस्तुत गर्दै वडाध्यक्ष सुदिराम चौधरीले पुर्वाधारका क्षेत्रमा मात्रै कुल बजेटको ५० प्रतिशत बजेट विनियोजित गरिएको जनाएका छन । उनले कुल बजेटमध्ये पुर्वाधारका क्षेत्रमा ३७ लाख ५६ हजार रुपैया बजेट विनियोजन गरिएको बताए । उनले उक्त बजेटले सडक तथा यातायात व्यवस्था, शहरी विकास, सुचना तथा सञ्चार, जलविद्युत तथा वैकल्पीक उर्जा र स्थानीय पुर्वाधारमा खर्च गरिने वडाध्यक्ष चौधरीले बताए ।
यस्तै वडाले सामाजिक क्षेत्रमा २२ प्रतिशत र आर्थिक क्षेत्रमा १५ प्रतिशत बजेट विनियोजन गरेको छ । सामाजिक विकासतर्फ वडाले १६ लाख ५२ हजार रुपैया विनियोजन गरेको छ । जुन स्वास्थ्य तथा पोषण, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, महिला, बालबालिका तथा समाज कल्याण, संरक्षण, खानेपानी तथा सरसफाई लगायतका योजनाहरुमा खर्च गरिने जनाएको छ । आर्थिक क्षेत्रमा वडाले ११ लाख २६ हजार रुपैया विनियोजन गरेको छ । वडाध्यक्ष चौधरीका अनुसार उक्त बजेटबाट कृषि तथा पशुपंक्षी, सिँचाई, उद्योग, वाणिज्य तथा आपुर्ति, सांस्कृतिक तथा पर्यटन, सहकारी तथा गरिवि निवारण लगायतका योजनाहरु सञ्चालन गरिनेछन ।
यस्तै सुशासन तथा अन्य क्षेत्रमा ९ प्रतिशत अर्थात ६ लाख ७६ हजार र वन तथा वातावरणमा ४ प्रतिशत अर्थात ३ लाख रुपैया बजेट विनियोजन गरिएको वडाध्यक्ष चौधरीले बताए । सुशासनतर्फ छुट्याईएको बजेटमा वडाले मानव संसाधन विकास, संस्थागत क्षमता विकास, स्रोत परिचालन तथा स्थानीय योजना तथा तथ्यांकहरुका लागि काम गर्नेछ भने वन तथा वातावरणतर्फको बजेटले वन तथा भु– संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण र जल उत्पन्न प्रकोप नियन्त्रणमा खर्च हुने जनाएमको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.