एमाले गोदावरी नगर अध्यक्षमा सन्तोष सिंह विजयी

अत्तरिया : नेकपा एमाले कैलालीको गोदावरी नगर कमिटिकोे अध्यक्षमा सन्तोष सिंह विजयी भएका छन् । बिहिबार सम्पन्न भएको निर्वाचनमा वर्तमान कार्यबाहक अध्यक्ष समेत रहेका सिंह १ सय ६२ मत सहित विजयी भएका हुन् ।
सिंहका प्रतिस्पर्धी हरिप्रसाद फुलाराले १ सय ४० मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा सिंह प्यानलकै कृतबहादुर चन्द विजयी भएका छन् । सचिवमा भने फुलारा प्यानलका विक्रम विष्ट विजयी भएका छन् । उप सचिव महिलामा कृष्णा चौधरी, उप सचिव खुलाबाट जय बहादुर विक विजयी भएका जानएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.