अत्तरिया : कैलालीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–४ भालुफाँटा स्थित पुर्व–पश्चिम राजमार्गमा म.प्र.०३–००२ ख ००११ नम्बरको ट्रक र सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–४ का २३ वर्षीय कमल तिरुवाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
ट्रक र मोटरसाइकल मंगलवार राति ११ः५५ बजेको समयमा एक आपसमा ठोकिएर दुर्घटना हुदाँ तिरुवा गम्भिर घाइते भएका थिए। उनको मंगलवारनै १ः४० बजेको समयमा उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक दोलखाको बिगु गाउँपालिका–४ बस्ने ५० वर्षीय पदमबहादुर बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।
सम्बन्धित पाेस्टहरु