धनगढीमा आँपको रुखबाट खसेर एक जनाको मृत्यु

अत्तरिया : धनगढीमा आँप टिप्दा रूखबाट खसेर एक जनाको मृत्यु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरका ४५ वर्षीय सिद्वराज जोशी घर नजिकैको आँपको रुखबाट खसेर घाइते भएका थिए।

घाइते भएका जोशीको उपचारका क्रममा निसर्ग हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीषक कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.