कैलालीका ४ विद्यार्थीले ल्याए ४ जिपीए, अत्तरियाकै ३ विद्यालय

अत्तरिया : कैलालीका चार जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जिपीए अंक प्राप्त गरेका छन् । चार जिपीए अंक ल्याउनेमा गोदावरी नगरपालिकाको अत्तरिया क्षेत्रमा सञ्चालनमा रहेका मात्र तीन विद्यालय रहेका छन् ।

अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालय, सैनिक आवासीय महाविद्यालय, सत्यवती एकेडेमी र टीकापुरको बिरेन्द्र विद्या मन्दिरका एक÷एक जना विद्यार्थीले चार जीपीए अंक प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाइ कैलालीले जनाएको छ । २०८० सालको एसईई परीक्षामा कैलालीका १८ हजार ६० जना विद्यार्थी सहभागी भएकोमा पाँच हजार चार सय २८ जना मात्रै उत्तीर्ण भएका छन् भने पाँच हजार ५० जनाले ग्रेड सुधार परीक्षा दिन पाउनेछन् । परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.