अत्तरिया, १३ असार : प्लानेट भिटि कम्प्युटर इन्स्युच्ट अत्तरियाको १८ वार्षिकोत्सव सम्पन्न भएको छ । बिहिबार विविध कार्यक्रम गरी उत्सव मनाएको हो । २०६३ सालमा स्थापना भएको प्लानेट भिटिले विभिन्न सामाजिक क्रियाकलापहरु समेत गर्दै आएको छ ।
शिक्षामा उल्लेखीए योगदान दिँदै आएको इन्स्युच्टले वार्षिकोत्सवमा उत्कृष्ट कर्मचारी, शिक्षक र विद्यार्थीहरुलाई अवार्ड समेत गरेको हो । ९ बर्ष देखि पढाउँदै आएका शिक्षक डम्बरबहादुर महरा ‘समीर’, ७ बर्ष देखि धनगढीको शिवनगर शाखामा काम गर्दै आएकी सानु बुढा र विद्यार्थी विजय फुलारालाई अवार्ड गरेको छ ।
वार्षिकोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रकहरु समेत सञ्चालन गरेको हो । गित, कविता र नृत्य प्रतियोविता गरेको थियो । वार्षिकोत्सव कार्यक्रममा अत्तरियाको एभरेष्ट स्कूलका प्रिन्सिपल स्माईल चौधरी, समाजसेवी लोकराज पाण्डे ‘आगो’ लगायत विभिन्न विद्यालयहरुका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्लानेट भिटिका अत्तरिया धनगढीमा स्कूल, कलेज र इन्स्च्युटका शाखाहरु समेत रहेका छन् । अत्तरियामा एपेक्स बोर्डिङ स्कूल, मन्टेश्वरी स्कूल रहेका छन् । यस्तै धनगढीमा प्लानेट एजुकेशन कन्सल्टेन्सि, होटल म्यानेजम्यान्ट कलेज रहेको छ । प्लानेटभिटिले सामाजिक कार्यहरु जस्तै वृक्षारोपण, सार्वजनिक ठाउँमा सरसफाई कार्यक्रमहरु गर्दै आएको छ ।
प्लानेट भिटि इन्स्युच्टका निर्देशक पुस्करशर्मा जोशीले दिएको जानकारी अनुसार मोहना अत्तरिया ६ लेन सडक अन्तरगत गेटा क्षेत्रमा ६ सय ११ बिरुवा रोपेको हो । यस्तै, गोदावरी नगरको स्याउले, ओलानी लगायतका ठाउँमा समेत १५ सय बढी वृक्षारोपण कार्य गरेको थियो ।
सम्बन्धित पाेस्टहरु