श्रीमानले अर्का विवाह गरि हिडेपछि बेसाहारा बनिन जानुदेवी

जगदीश रोकाया
बझाङ : बझाङ जयपृथ्वी नगरपालिका कार्यालय सिमखेतमा गत शुक्रवार कार्यालय समयमा एक महिला र बालक मलिन अनुहारमा बाहिर ढोकाको बेन्चमा बसीरहेका थिए । उनीहरु त्यहाँ मेयर वा उपमेयरलाई भेटेर केहि आफ्नो दुखेसो राख्ने मनसायले पालीका आएका हुन । तर, मेयर उपमेयरहरु विहान पालिकाको बैठक सकेर एघार बजेतिर चैनपुर गएका थिए ।
जयपृथ्वी नगरपालिका–७ छयाला घर भएकी जानकी जानुदेवी विक र उनको ११ वर्षको छोरा अजय विक आफ्नो पारिवारिक समस्याको पोको लिएर स्थानीय सरकार समक्ष आएका हुन । केहि दुख समस्या राखेर केहि आशा भरोसा पाउन्छकी भनेर उनीहरु पालिका आए । पालिका कर्मचारीसंग वाहिर बेन्चमा बसेर आफ्नो समस्या वताउदै ती महिला रुदै थिइन् । १२ वर्ष अगाडि उनका श्रीमानले अर्को विवाह गरेर भारत गएपछि अहिले उनी घरकी न घाटकी भएकी छन । जयपृथ्वी नगरपालिका नौरा माइत भएकी जानुदेवीले अहिले आफ्नो फुफुको घरमा जोशी गाँउ बस्दै आएको बताइन ।
उनले भनिन् । ‘बच्चा गर्भमा छदै श्रीमानले कलह झगडा गरेर घरबाट निकालेको हो । अर्को विवाह गरेर उनी भारत हिडे मेरो अहिले विजोग जिन्दगानी छ ।’ ४५ वर्षकी जानुको नागरिता समेत बनेको छैन । विवाह दर्ता पनि छैन । उनको छोराको जन्मदर्ता समेत भएको छैन । फुफुको गाँउमा फुफुले दिएको सानो झुपडीमा बस्दै आएकी उनी जोशी गाँउमा दलित वा गैरदलितहरुको खेतीको काम गरेर खाने अन्न मागी पेट गुुजरा गरिरहेकी छन । गाँउलेहरुको घरमा काम गरि दिए वाफत
पुराना फाटा कपडा दिएर तिनै लगाउने गरेको बताइन् । घरमा खानकुरा बस्ने ठाँउ लुगाकपडा समेत केहि नभएको उनको अवस्था छ ।
‘छोरा ठुलो हुन लाग्यो अव फुफुको घरतिर पनि कति बस्नु’ नगरपालिकामा भेट भएकी उनले भनिन । ‘घर जाउ भने घरमा बस्ने खाने व्यवस्था केहि छैन । माइत जाउ भने पनि सहयोग गर्ने कोहि छैन । कता जाउ के गरु ? ।’ श्रीमानले छोडेपछि उनको मानसिक समस्या पनि देखिएको छ । ‘हामी जस्ता दुखि गरिब समस्याा परेका मान्छेलाइ कोहि सहयोग गर्दा रहेनन छन’ उनले भनिन् ‘अघिल्लो पटकका जनप्रतिनधिलाई समेत मेरो समस्या दर्शाएकी थिए । अहिले पनि समस्या राखुु भनेर आएकी हँु ।’
छयालाकी जानुुदेवी विक एउटा प्रतिनिधिमुलक पात्र मात्र हुन । समाजमा देखिने यस्ता निमुखा गरि असाय मान्छेहरुको साहारा स्थानीय वा सरकार बन्न सकिरहेका छैनन । हरेक स्थानीयतहमा यस्ता साहाराविहिन मान्छेहरु कागज प्रक्रियाबाट वन्चित भएका मान्छेहरु देखिन्छन । कुनै नागरिता नभएका, विवाह दर्ता नभएका बालबच्चाहरुको जन्मदर्ता नभएका गास वासको समस्या भएका, दुखि बिरामी भएका र साहै समस्यामा परेका मान्छेहरु भेटिन्छन । उनीहरु सरकारको साथ सहयोग खोजी रहेका देखिन्छन । तर, कागजी प्रक्रिया नियमहरु पल्टाउदा यस्ता मान्छेहरु को कुनै आधार बन्न नसक्दा सरकारी सेवा सुविधा अवसरवाट बन्चित भएका छन । यस्ता निमुखा गरिब दलित एकल महिलाहरुको जिवनस्थरमा सुधार ल्याएर हरेक नागरिकहरुलाई न्यूनतम बाच्ने आधार सरकारले बनाइदिन आवश्यक देखिन्छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.