५ पटक म्याद थप्दा पनि सकिएन सेती अस्पतलाको भवन निर्माण कार्य

अत्तरिया : सेती प्रादेशिक अस्पताल भवन निर्माण ५ पटक म्याद थप गर्दा पनि सकीएन् धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मातृ शिशु भवन निर्माणको काम अझै पूरा भएको छैन ।
वि.सं. २०७४ कात्तिक २८ मा निर्माण ३० महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएपनि झण्डै ६ वर्ष बढी समय बितिसक्दा पनि पूरा हुन सकेको छैन । रबिना–थेगिन जेभीसँग सम्झौताअनुसार साढे दुई वर्षमा बन्नुपर्ने सेती प्रादेशिक अस्पतालको भवन झण्डै ६ वर्ष बढी समय बित्दासम्म अधुरै छ । भवन निर्माणका लागि पाँचौँ पटक थप गरिएको म्याद गत २५ असारमा सकिएको छ । तर, निर्माण कम्पनीले अझै काम सकेको छैन । निर्माण कार्यको लागि पहिलो पटक २०७७ बैशाख २७, दोस्रो पटक २०७७ पुस ९, तेस्रो पटक २०७८ असार १३, चौथो पटक २०७८ चैत्र २९ र पाँचौं पटक २०७९ कार्तिक २९ मा म्याद थप भएर वि.सं. २०८० असार २५ भित्र नै काम सम्पन्न गर्नुपर्नेमा हालसम्म ८८ प्रतिशत मात्रै निर्माण कार्य संघीय आयोजना कार्यान्वयन एकाई धनगढीले जनाएको छ । दुई तले उक्त भवनको १८ करोड ७४ लाख २८ हजार रुपैयाँ लागत रहेको थियो । सम्झौताअनुसार २७ वैशाख ०७७ मै भवन निर्माणको काम सम्पन्न हुनुपर्ने हो  तर निर्माण कम्पनीले सम्झौता रकमको ०.०५ प्रतिशत जरिवाना तिरेर २ सय दिन काम गर्न पाउने संघीय आयोजना कार्यान्वयन एकाई धनगढीका सूचना अधिकारी ई.सौरभ कलौनीले बताए । ‘निर्माण कम्पनीलाई अब बाँकी काम सम्पन्न गर्नको लागि दैनिक रुपमा ९३ हजार जरिवाना पर्न आउँछ,’ उनले भने । निर्माण कम्पनीले उक्त निर्माण कार्य सम्पन्नको लागि फेरि म्याद थपका लागि १० जेठमा निवेदन दिएको संघीय आयोजना कार्यान्वयन एकाई धनगढीका सूचना अधिकारी कलौनीले जानकारी दिए । निर्माण कम्पनीलाई हालसम्म १२ करोड ८५ लाख भुक्तानी भइसकेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.