विपीको ४२ औँ स्मृति दिवसमा तरुण दल गोदावरीले जनतालाई खानेपानीका पाईप वितरण

अत्तरिया, ६ साउन : नेपाल तरुण दल गोदावरी नगरकार्य समितिले विभिन्न कार्यक्रम गरी ४२ औँ विपी स्मृति दिवस मनाएको छ ।
नेपाल तरुण दल गोदावरीले गोदावरी नगरपालिका भित्र नै रहेको वडा न. ४ को भ्यागुते पानीमा केही महिना अगाडि डढेलोले खाने पानीको पाईप जलेको हुँदा पाईप वितरण गरेको हो । जल्नबाट केहि पाईप बचेको र लगभग अन्दाजी ७० मिटर आवश्यक हुँदा आईतबार हस्तान्तरण गरेको नेपाल तरुण दल गोदावरी कार्यसमिति अध्यक्ष रमेश राज भट्टराईले बताए ।
गत बैशाख जेष्ठ देखि हालसम्म त्यस गाउँ बस्तीमा पानी ल्याउनको लागि पल्लो गाउँमा गएर बोकेर ल्यायर खानुपर्ने बाध्यता रहेको छ । समस्यामा सानोतिनो काम गरेर भए पनि जनतालाई केही राहत पुग्ने भएकोले पाईप वितरण गरी ४२ औँ विपीस्मृति दिवस मनाएको अध्यक्ष भट्टराईले बताए ।
त्यस गाउँमा बस्ने १०–१५ घर धुरीका लागि आवश्यक पाइप पुग्दा त्यहाँका जनताहरु हर्षित हुदै नेपाली कांग्रेस भात्री संगठनलाई धन्यवाद दिएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.