मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने, यस्तो छ अंकगणीत

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बैठक व्यवस्थापन पनि गरिदिन आग्रह गरेका छन् ।

मुख्यमन्त्रीको आग्रहपछि सभामुख भीमबहादुर भण्डारीले शुक्रबार दिउँसो ४ बजेका लागि प्रदेश सभाको बैठक बोलाएका प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

राजनीतिक समीकरण फेरिएर एमालेले २० असारमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारीले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । एमाले र कांग्रेसको गठबन्धन बनेपछि सोडारी अल्पमतमा परेका छन् ।

सोडारीलाई अहिले नेकपा माओवादी केन्द्रका १० जना, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्तिको रञ्जिता पक्षका एक जना गरेर १५ जनाको मात्र समर्थन छ । जबकी ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ जनाको समर्थन आवश्यक पर्छ । कांग्रेसका १८, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ६, राप्रपा र स्वतन्त्र १\१ गरेर ३७ जना विपक्षमा छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.