अत्तरियामा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित पहाड रोडमा बेहोस अवस्थामा फेला परेका युवको मृत्यु भएको छ। बैतडी जिल्ला सुर्नाया गाउँपालिका वडा नम्बर ४ घर भएका अन्दाजी २४\२५ वर्षीय राजेश साउँदको मृत्यु भएको हो।

शनिवार साढे ११ बजे बेहोस भेटिएका साउँदको उपचारको क्रममा १ : ५५ मा अत्तरियाको पद्मा अस्पतालमा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.