बैतडीमा १८ बर्षीय किशोर मृत फेला

बैतडी : बैतडीमा एक किशोर मृत फेला परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–५ न्वालीका १८ बर्षीय गजी भुल मृत फेला परेका हुन् ।

आँफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा भुलको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । एसईई पूरक परीक्षा दिइरहेका भुलले किन आत्महत्या गरे भन्ने कुरा भने खुलीनसकेको प्रहरी निरीक्षक पाण्डेयले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.