कैलालीबाट वन र चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

अत्तरिया : कैलालीबाट वन र चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। वन मुद्दामा ६ हजार ९ सय जरिवाना तोकिएको टीकापुर नगरपालिका–५ बस्ने ३५ वर्षीय झपटसिह बिक र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएको गोदावरी नगरपालिका–१ बस्ने ४८ वर्षीय भक्तबहादुर बुढामगर सोमवार पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरीवाना ठहर गरेपछि दुबै जना फरार रहेका थिए। दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.