गोदावरी नगर कमिटी प्याब्सनद्वारा ट्राफिक नियम तथा सडक सुरक्षा सचेतना कार्यक्रम

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा एक दिने ट्राफिक नियम तथा सडक सुरक्षा सचेतना प्रशिक्षण तालिम आयोजना गरिएको छ । शुक्रबार प्याब्सन गोदावरी नगर कमिटी अत्तरियाले आयोजना गरेको उक्त १ दिने ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय उपाध्यक्ष जगबिर थापाको प्रमुख अतिथ्यमा सञ्चालन गरिएको हो ।
कार्यक्रममा गोदावरी नगर कमिटी प्याब्सनका सचिव मदन राज जोशीले सडक दुर्घटना न्यूनीकरण सँगै चालकहरुलाई ट्राफिक नियम पालना सम्बन्धी सवारीका साधनहरूको गती निर्धारणमा ध्यान दिएर जिम्मेवारी पूर्वक सवारी हाँक्नु पर्दछ भनेर जनचेतना फैलियोस् भन्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको बताए । राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय अत्तरियाले कार्यक्रमको सहजीकरण गरे सँगै तालिमको प्रशिक्षण प्रहरी नायब उपरीक्षक अनिल कुमार उप्रेतीले गरेका थिए ।
सचेतनामुलक प्रशिक्षण कार्यक्रममा गोदावरी नगरपालिका भित्र रहेका निजी तथा आवासीय विद्यालयका गाडी चालक, शिक्षक,शिक्षिका, प्रिन्सिपल लगायत संस्थापकहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.