धनगढी विमानस्थलबाट परपुरुषसँग भाग्न लागेकी महिलालाई परिवारको जिम्मामा

अत्तरिया, १ भदौ : धनगढी विमानस्थलबाट परपुरुषसँग भाग्न लागेकी एक महिलालाई परिवारको जिम्मा लगाइएको छ । शुक्रबार धनगढी विमानस्थलबाट परपुरुषसँग भाग्न लागेकी कैलालीको लम्की चुहा नगरपालिका–८ की ३५ वर्षीयाँ महिलालाई उनको श्रीमानको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख पदमबहादुर विष्टले बताए । धनगढी विमानस्थलमा दुबईमा बस्दै आएका युवकसँगै भाग्ने क्रममा पक्राउ परेकी महिलालाई प्रहरीले परिवारको जिम्मा उनले बताए ।
ती महिलालाई युवकबाट छुटाएर उनका श्रीमानले बुझेर घर फिर्ता लगेको एसपी विष्टले बताए । महिलालाई लैजान दुबईबाट धनगढी आएका सुनसरी घर भएका सुलेमान मनसुरीलाई भने जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ । मनसुरीस्थित परिवारका सदस्य धनगढी आइपुग्दै छन् । उहाँहरु आएपछि युवकलाई पनि परिवारको जिम्मा लगाइने उनले बताए ।
विवाहित महिलासँग सामाजिक सञ्जालबाट प्रेम सम्बन्धमा रहेका युवकले मनसुरी भगाएर काठमाडौँ लैजाने क्रममा शुक्रबार महिलासहित धनगढी विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरीका अनुसार ती महिला युवकसँग जाने अडान राख्दै आए पनि अन्तिममा परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ । महिलाका घरमा दुई जना छोरा समेत छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.