धनगढीमा बाल यौन दुरुपयोगको आरोपमा शिक्षक पक्राउ

धनगढी : कैलालीको धनगढीमा बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–८ मा बसोबास गर्दै आएका २२ वर्षीय शिक्षक विष्णु तिमिल्सेना बाल यौन दुरुपयोगको आरोपमा पक्राउ परेका हुन।

धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित बहिनीको कोठामा १७ वर्षीया आफ्नै विद्यार्थीमाथि बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक तिमिल्सेना पक्राउ परेका हुन।
जिल्ला प्रहरी कार्यालय, कैलालीले गत बिहिवार शिक्षक तिमिल्सेनाले बाल यौन दुरुपयोग गरेको भन्दै उजुरी परेको जनाएको छ। बाजुराको त्रिवेणी नगरपालिका–७ स्थायी घर भएका तिमिल्सेना धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका शिक्षक हुन। उनले आफ्नै विद्यार्थी माथि बाल यौन दुरुपयोग गरेको आरोप लागेको हो। प्रहरीले कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्दै छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.