अत्तरिया : कैलाली जिल्ला अदालतले एक वर्षमा २ हजार ९ सय ११ मुद्धा फछ्यौट गरेको छ । अदालतले गत आर्थिक वर्ष २०८०\८१ मा उक्त संख्याका मुद्धा फछ्यौट गरेको हो ।
शुक्रबार पत्रकारसँग अन्तक्रिया कार्यक्रम गर्दै गत आवमा ४ हजार १ सय २९ मुद्धा रहेको अदालतले जनाएको छ । अघिल्लो आव २०७९\८० १ हजार ६ सय १२ मुद्धा जिम्मेवारी सरिआएका र २ हजार पाँच सय ८२ नयाँ मुद्धा दर्ता भएको अदालतका सूचना अधिकारी कमल घलेले जानकारी दिए ।
अुनमानित वार्षिक लागत ३ हजार ९ सय २२ रहेकोमा यथार्थ नयाँ मुद्धा दर्तामा बढी भएका कारण मुद्धा बढी भएको उनले बताए । गत आवमा यथार्थ मुद्धा फर्छ्यौट लक्ष्य २ हजार ६ सय ६१ रहेकोमा यथार्थ मुद्धा फर्छ्यौट १ सय ९ प्रतिशत भएको अदालतले जनाएको छ ।
गत आवबाट चालु आव २०८१\८२ मा १ हजार २ सय ८३ मुद्धा सरिआएको अदालतले जनाएको छ । पछिल्लो समय बैंकिङ कसुरका, सम्बन्ध विच्छेदका, जबरजस्ती करणी, लागूऔषधका मुद्धा बढी आउने गरेको अदालतका न्यायाधिस दण्डपाणि लामिछानेले बताए ।
उनले गरिबी, अशिक्षा, बेरोजगारी लगायत कारणले समाजमा अपराधिक घटना बढ्दै गएको बताए । मान्छेका इच्छा चाहाना धेरै हुने, अर्काको देखासिकी गर्ने, ती आवश्यकता परिपुर्ति नभए सम्बन्ध विच्छेद गर्ने प्रवृति बढेको उनले बताए । ‘समाज अर्कोको देखासिकिमा छन् । अरुको जस्तै नहुँदा परिवारमा खटपट सुरु हुन्छ’, उनले भने । ‘अनि अदालत सम्म केस आउने गरेका छन् ।’
त्यस्तै, सामाजिक सञ्जालको गलत प्रयोगले यस्ता सम्बन्ध विच्छेदको अवस्थासम्म आइपुग्ने गरेको उनले सुनाए । अदालतले आर्थिक अवस्था कमजोर भएकाहरुको कानूनी सहायतका लागि वैतनिक कानुन व्यवसायीको व्यवस्था गरेको समेत उनले बताए । वैदेशिक रोजगार पनि सम्बन्ध विच्छेदको कारण बन्दै गएको न्यायधिस लामेछानेले बताए ।
सम्बन्धित पाेस्टहरु